Saturday, November 28

अवस्था विग्रिए असोजसम्म झण्डै १ लाख ७९ हजार संक्रमित पुग्ने स्वास्थ्य मन्त्रालयको अनुमान (भिडियो)

August 14, 2020 102

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि सरकारी अस्पतालमै बेड अभाव हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले निजी अस्पतालमा २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।

सरकारले अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा सोही अस्पतालमा उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा कुनै पनि अस्पतालले संक्रमण पुष्टि भए रिफर नगर्न आग्रह गरेको छ ।

यसअघि कुनै अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पोजिटिभ देखिएमा कोभिड अस्पतालमा ‘रिफर’ गरिंदै आइएको थियो । अब निजी अस्पतालले २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ ।

हाल उपत्यकाका सरकारी अस्पताल र कोरोना अस्पताल आइसोलेसनहरु संक्रमितले भरिभराउ छन् । केहीदिन अघिदेखि कीर्तिपुर आयुर्बेद अस्पतालमा संक्रमित राखिएकोमा त्यहाँ पनि बेडहरु भरिंदै गएका छन् ।

त्यस कारण अब निजी अस्पतालले पनि कोरोना संक्रमित राखेर उपचार गर्नुपर्ने हुन्छ । अहिले सरकारी र कोभिड अस्पताल भरिंदै गएपछि जुन अस्पतालमा संक्रमण पुष्टि हुन्छ त्यहीँ राखेर कोभिड अस्पतालसँग समन्वय गरी सोही अस्पतालमा उपचार गराउन मन्त्रालयले भनेको छ ।

साथै कुनै अस्पतालहरूमा पठाउनु पर्ने अवस्था भएमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिएरमात्रै रिफर गर्न अनुरोध गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड—१९ संक्रमणको खराब अवस्था नेपालमा आए आगामी ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्ने अनुमान गरेको छ ।

मन्त्रालय र विभिन्नदाताहरुको सहभागिता बनाइएको इपिमोडेलिंगले यस्तो अनुमान गरेको हो । यस अघी स्वास्थ्य मन्त्रालयले भदौ ३ गते सम्म नेपालमा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको थियो ।

प्रतिकृया दिनुहोस्