Saturday, December 5

काेराेना संक्रमितहरू सहजै उपत्यका आउजाउ गर्दै, नाकामा गरिएको परीक्षणमा २४ जनामा पुष्टि

July 31, 2020 121

काठमाडौँ, १६ साउन । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी सोमबार काठमाडौं आए– नगर विकास कोषको बैठकमा सहभागी हुनका लागि । कार्यक्रममा बसिरहँदा स्वास्थ्य अवस्था असहज भएपछि उनी केही बेरमै बाहिरिए । जाँच गराउन ललितपुरको मेडिसिटी अस्पतालमा पुगे । स्वाब पनि दिए । चिकित्सकले ज्वरो कम गराउन एन्टिबायोटिक दिए ।

‘औषधि खाएको रातिदेखि नै ज्वरो निको भयो,’ उनले कान्तिपुरसँग भने, ‘निको भए पनि जिल्ला फर्केको छैन । तीन दिनदेखि ललितपुरस्थित छोरीको अपार्टमेन्टमा आराम गरेर बसिरहेको थिएँ । पीसीआर रिपोर्ट पोजिटिभ आएछ ।’

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले बिहीबार उनलाई फोन गरेर स्वास्थ्य अवस्था सोधे । उनको स्थायी ठेगाना र जिल्लाबाट काठमाडौं आएको दिन, भेटघाट आदिबारे पनि जानकारी लिए । अनि ती कर्मचारीले ‘अब काठमाडौं बाहिर नजान’ भनेपछि उनी झस्किए । उनी सहभागी बैठकमा बुटवल, पोखरा, वीरगन्ज, दमक, कैलाली, धुलिखेललगायत स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्