Saturday, November 28

काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर बढ्दो, शुक्रबार पनि १ सय १९ संक्रमित थपिए

August 14, 2020 89

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १९ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमााडौंमा मात्र ८३ संक्रमित थपिएका छन् भने ललितपुर ३० संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक हजार ७ सय २ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जनामा , ललितपुरका १ जनामा र भक्तपुरका ३ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १६ जनामा र ललितपुरको ३ जनामा संक्रमण देखिएको छ भने उता स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ ।

यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका १३ जनामा संक्रमण देखिएको छ । यसैगरी बीएण्डबी ल्याबमा काठमाडौंका १ जनामा संक्रमणको पुष्टि भएको छ ।

यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पाटन अस्पतालमा काठमाडौंका ४ जनामा, ललितपुरका २६ जनामा र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा संक्रणम पुष्टि भएको छ भने नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार ३ सय ६५ , ललितपुरमा २ सय र भक्तपुरमा १ सय १६ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ७ सय २ पुगेको छ ।

प्रतिकृया दिनुहोस्