Wednesday, December 2

व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशालबजार इन्द्रचोक क्षेत्रका पसलहरु भदौ ७ गतेसम्म बन्द

August 14, 2020 137

काठमाडौं, ३० साउन । व्यापारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौँ महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको हो । वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको भन्दै उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गर्नका लागि वडा कार्यलयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्