Saturday, November 28

ज्वरोका बिरामी बढे

August 14, 2020 100

भोजपुर, ३० साउन । जिल्ला अस्पताल भोजपुरमा पछिल्लो समय ज्वरोका बिरामी बढेका छन् । दैनिक २० जना भन्दा बढी संख्यामा अस्तालमा भर्ना हुन आउने गरेको जिजल्ला अस्पताल भोजपुरका डाक्टर अमितेस राज पाण्डेले जानकारी दिनुभयो । डाक्टर पाण्डेका अनुसार व्याक्तिगत सरसफाईमा ध्यान नदिँदा उच्च ज्वरो, टाईफाईट, स्क्रव टाईफस र भाईरल फ्लु जस्ता समस्याका वबिरामी बढेको हो ।

अस्पतालको अनुसार उच्च ज्वरो, टाईफाईट, स्क्रव टाईफस र भाईरल फ्लुका बिरामी बढे पनि बिरामीको ट्राभल हिस्ट्री सामान्य जिल्लाभित्र मात्र भएकाले कोरोनाको संक्रमणको शंका नभएको बताएको छ । डाक्टर पाण्डेका अनुसार उच्च ज्वरो, टाईफाईट, स्क्रव टाईफस र भाईरल फ्लु बाट वच्न विशेषत सरसफाईमा ध्यानदिनु, रफा उमालेको अर्थात फिल्टर गरेको पानि खान, झुल लगाएर सुत्ने गर्नाले जोगिन सकिनेछ ।

अस्पतालले कोरोना संक्रमणलाई मध्येनजर गर्दै ज्वरोका विरामि लाई छुट्टै स्थानमा उपचार गरी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्