Tuesday, December 1

तनहुँ : भानुका एउटै वडामा २० जनामा कोरोना संक्रमण पुष्टि

August 14, 2020 107

तनहुँ, ३० साउन । तनहुँको भानु नगरपालिका वडा नं १ मा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

एउटै वडामा २० जना संक्रमित पुष्टि भएपछि अहिले सिंगो वडा र नगरपालिकामा सन्त्रास फैलिएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा भानुको एउटै वडाका १४ जना पुरुष र ६ जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालाय पोखराले जनाएको छ ।

केही दिनअगाडि भानुका एक निर्माण व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको र त्यसपछि उनको सम्पर्कमा आएका त्यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय गरी करिब ९० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमितहरुलाई नजिकैको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको भानु नगरपालिका स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्