Wednesday, December 2

एउटै उद्योगका ३० मजदुरमा कोरोना संक्रमण पुष्टि

August 13, 2020 359

विराटनगर, २९ साउन । मोरङको बुढिगंगा गाउँपालिका १ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुुष्टि भएको छ । खुल्ला सीमाको फाइदा उठाउदै चोरबाटो बाट भारतीय कामदार ल्याएर उद्योग चलाउदा दुईजनामा संक्रमण देखिएको थियो । उद्योग बन्द नगरी संचालन गर्दा कर्मचारी र मजदुरगरी ३० जनामा संक्रमण भेटिएको छ ।

सो उद्योगका १ सय ५० को पिसिआर जाचँ गर्दा ३० जनामा पोजेटिभ पाइएको बुढिगंगा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिनुभयो । सो उद्योगले लकडाउनको समयमा लुकिछिपि भारतबाट मजदुर ल्याएर उद्योग संचालन भएको खुलेको छ । संक्रमित मध्ये दुईजना सम्पर्क बाहिर रहेका छन् ।

बुढिगंगा गाँउपालिकाले उद्योग शील गर्न निर्देशन दिए पनि बाहिर सुचना टाँसेर भित्र भने नियमित उद्योग संचालन गरिएको खुलासा भएको छ । पहिले दुई मजदुरमा संक्रमण देखिए पछि उद्योग शील गरेर अन्य मजदुरलाई क्वारेनटाइनमा राख्नु पर्ने थियो तर सो उद्योगले नियम पालना नगरेका कारण धेरै जनामा संक्रमण फैलिएको हुन सक्ने गाँउपालिकाले जनाएको छ ।

उद्योग भित्र काम गर्ने कोरोना पुष्टि भएका दुई भारतिय मजदुरहरु भने सम्पर्क विहिन भएका छन् । दुइजना कर्मचारी होम आइसोलेसनमा छन् भने अन्य संक्रमित सवै मजदुरहरु उद्योगकै आइसोलेसनमा राखिएको बुढिगगाँ गाँउपालिकाले जनाएको छ ।

सो उद्योगका अधिकाशं मजदुरहरु भारतीय भएकाले लकडाउन खुकुलो भएपछि चोरबाटो हुदै आएका मजदुरबाट सतर्कत नअपनाई उद्योग संचालन गर्दा संक्रमण फैलिएको सो गाँउपालिकाले जनाएको छ । सो उद्योगमा स्थानियहरु पनि कामगर्ने भएकाले यतिबेला बुढिगगाँ गाउपालिकाले आवल जावतमा कढाइ गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस्