Saturday, June 19

प्रधानमन्त्री निवासमा भू’त प’सेपछि…

May 3, 2021 73

काठमाडौं। कुनै पनि देशको लागि त्यो देशको कार्यकारी प्रमुखको निवास अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिने गर्छ । कार्यकारी राष्ट्रपति हुने देशमा राष्ट्रपति निवास र कार्यकारी प्रधानमन्त्री हुने देशमा प्रधानमन्त्री निवासलाई अत्यन्तै महत्वको स्थानको रुपमा लिने गरिन्छ ।तर, से’रेमोनियल राजतन्त्र र कार्यकारी प्रधानमन्त्री भएको देश जापानमा भने प्रधानमन्त्री आफ्नो सरकारी निवासमा बस्दैनन् । जापानको सरकारी प्रधानमन्त्री निवासमा विगत ९ वर्षदेखि प्रधानमन्त्री बसेका छैनन् ।गएको मार्च महिनाको मध्यतिर जापानका विपक्षी नेता यो’शिहिडो नोडाले प्रधानमन्त्री निवास झण्डै १ दशकदेखि खाली रहेको तर त्यो भवनको व्यवस्थापनको लागि वार्षिक १६० मिलियन येन (१७ करोड रुपैयाँ) खर्च भइरहेको विषयमा प्रश्न उठाएका थिए ।

उनले देशका वर्तमान प्रधानमन्त्री यो’शिहिडे सुगालाई सरकारी आवासमा सर्न के समस्या छ ? भनेर सोधेका थिए ।रोचक कुरा के भने अहिले प्रश्न उठाउने विपक्षी नेता यो’शिहिडो नो’डा पहिले देशका प्रधानमन्त्री भइसकेका नेता हुन् र जापानको सरकारी प्रधानमन्त्री निवासमा बस्ने उनी पछिल्ला प्रधानमन्त्री हुन् ।

उनीपछिका प्रधानमन्त्री सरकारी निवासमा बसेका छैनन् । नोडा २०१२ सम्म स’त्तामा थिए । नोडाले यो प्रश्न उठाएपछि अहिले जापानको प्रधानमन्त्री निवासको च’र्चा हुन थालेको छ र आखिर यो भवनमा प्रधानमन्त्री किन बस्दैनन् भन्ने विषयमा चासो बढेको छ ।

इ’न्डिपेन्डेन्टका अनुसार जापानको प्रधानमन्त्री निवासको नाम सो’रेइ को’टेइ हो । जापानका अहिलेका प्रधानमन्त्री यो’शिहिडे सुगा करिब ७ महिनाअघि नि’र्वाचित भएका हुन् । प्रधानमन्त्री भएपछि उनी सरकारी निवासमा नबसी अन्य भवनमा बसिरहेका छन् । उनी डा’इट सदस्यको डो’रमेट्रीमा बस्छन् ।

रिपोर्टका अनुसार जापानको सरकारी प्रधानमन्त्री निवासमा भू’त भएको हल्ला छ । र, भू’तको ड’रकै कारण विगत ९ वर्षदेखि यहाँ प्रधानमन्त्री बस्न नगएको दा’वी गरिन्छ ।जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शिन्जो आबेले २०१२ देखि यो भवनमा बस्न छा’डेका थिए ।

२००१ देखि २००६ सम्म जापानको प्रधानमन्त्री रहेका जु’निचिरो को’इजुमीले क’थित रुपमा भू’त भ’गाउनको लागि एक जना पु’जारीलाई यो भवनमा बोलाएका थिए । त्यो समयमा यो घ’टनाको निकै चर्चा भएको थियो ।यो भवनको इतिहास निकै हिंस्रक रहेको भने तथ्य हो । यही कारण ह’ल्ला पनि निकै फै’लिने गर्छन् ।

एक ह’ल्ला यो पनि छ कि यहाँ हिं’सामा मारिएका मानिसहरुको अ’सन्तुष्ट आत्मा भट्किन्छन् । यो भवनको आसपास निकै रक्तपात भइसकेको छ । १९३२ मा सैन्य कूको प्रयासको क्रममा तत्कालीन प्रधानमन्त्री सु’योसी इ’नुकाइलाई नेवी अधिकारीको एक समूहले गो’ली हा’नेर मा’रिदिएका थिए ।

त्यसको ४ वर्षपछि फेरि सत्ता ह’त्याउने प्रयास भयो र त्यतिबेला प्रधानमन्त्री केइसुके ओ’काडा का बहिनी ज्वाइँसमेत ४ जनाको ह’त्या भयो ।जापानको प्रधानमन्त्रीको आवास निकै सुन्दर भने छ । सो’री को’टेइ नेशनल डा’इट बि’ल्डिङसँग जोडिएको छ ।यहाँ ५ वटा भवनहरु २५ हजार वर्गमिटरमा फैलिएका छन् ।

यही क्षेत्रभित्र स्टिल र सिसाले बनेको प्रधानमन्त्री निवासको शा’नदार भवन छ । गएको सेप्टेम्बरमा जापानका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका शि’न्जो आबेले स्वास्थ्यको कारण देखाउँदै रा’जीनामा दिएपछि यो’शिहिडे सुगा प्रधानमन्त्री बनेका थिए

प्रतिकृया दिनुहोस्