Saturday, November 28

लामो समयको संवादहीनतापछि नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता

August 13, 2020 120

काठमाडाैँ, २९ साउन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएकाे छ ।

लामो समयको संवादहीनतापछि अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हाे । प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभएकाे र दुवै अध्यक्षबीच छलफल जारी रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

९ दिनको अन्तरालपछि दुवै अध्यक्षबीच भेटवार्ता भएकाे हाे । छलफल पार्टीको शीर्ष तहमा चर्किएको विवादको समाधानका विषयमा केन्द्रित रहेकाे जनाइएकाे छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले ५ दिनभित्र नेकपामा चमत्कार हुने भन्ने आशयकाे अभिव्यक्ति दिनुभएकाे थियाे ।

पार्टी विभाजनकाे दिशातिर गएकाे भन्दै नेकपा नेता तथा कार्यकर्ताहरूमा चिन्ता बढिरहेका बेला प्रधानमन्त्रीकाे नेकपा फुट्दैन भन्ने अभिव्यक्ति र लगत्तै भएकाे दुवै अध्यक्षबीचकाे भेटले सकारात्मक सन्देश दिएकाे छ ।

प्रतिकृया दिनुहोस्