Wednesday, November 25

धरान र इटहरीमा सक्रमण बढ्दो : धरानमा ६२ र इटहरीमा ४५ जनामा कोरोना संक्रमण

August 13, 2020 128

इटहरी, २९ साउन । सुनसरीक दुइउपमहानगर पालिकामा कोराना सक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा १ जन प्रतिनिधि सहित ६२ जनामा कोरोना सक्रमण देखिएको छ भने इटहरीमा ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

इटहरीमा आज एकैदिन १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएका इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

उनका अनुसार १० जना पुरुष र तीन जना महिलामा भाइरस पुष्टि भएको हो । दुवै उपमहानगरमा समुदायमा कोरान सक्रमण फैलिएको भन्दै लक डाउन गरिएको छ । पछिल्लो समयमा कोराना सक्रमण भएकाहरुको ट्राभल्स हिस्ष्ट्री छैन ।

प्रतिकृया दिनुहोस्