Saturday, November 28

१५ किलो सुन प्रकरण : इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परे

August 13, 2020 306

काठमाडौं, २९ साउन । कमलादीबाट प्रहरीले बरामद गरेकाे भनिएकाे १५ किलो सुन प्रकरणमा इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । प्रहरीकाे खाेजी सूचीमा रहेमा अन्सारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई बाराको निजगढबाट नियन्त्रणमा लिएको हो ।

उनी यसअघि भारू नक्कली नोट प्रकरणमा पनि पक्राउ परेका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ । २०७२ जेठमा भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए ।

यही साउन १३ गते कमलादीबाट १५ किलो सुन प्रहरीले बरामद गरेकाे भनिए पनि पछि उक्त सुन सुन्धाराबाट बरामद भएकाे खुलेकाे थियाे भने, त्यसमा पनि करिब अाधा किलाे मात्र सक्कली सुन र बाँकी चाँदीमा सुनको जलप लगाएर नक्कली पारिएकाे खुलेकाे थियाे ।

प्रतिकृया दिनुहोस्