Saturday, November 28

मुगुमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते

August 13, 2020 104

मुगु, २८ साउन । जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एक यात्रुको मृत्यु भएको छ, भने अन्य १० जना घाइते भएका छन् ।

सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजिकै (साधेपानी भन्ने स्थानमा) क१ज ३२ नंको बलेरो जीप सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुमा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, सोही गाउँपालिका वडा नं ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

घाइतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ, भने सोरु गाउँपालिका–५ का ६२ वर्षीय राजबहादुर शाही र वडा नं ७ का रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

प्रतिकृया दिनुहोस्