Sunday, December 6

काठमाडौं उपत्यकामा हरेक दिन संक्रमित उल्लेख्यरुपमा बढ्दै, बुधबार १ सय ३८ संक्रमित थपिए

August 12, 2020 96

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार एक सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र १ सय ९ संक्रमित थपिएका छन् भने ललितपुर २१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जनामा र भक्तपुरको १ जनामा संक्रमण देखिएको छ भने उता स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ९ जनामा , ललितपुरका २ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ ।
यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका २२ जनामा, २ जनामा र १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी वीर अस्पतालमा काठमाडौंका २ जनामा र भक्तपुरका २ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौका ५ जनामा र ललितपुरका २ जनामा र बीरेन्द्र अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा पुष्टि भएको छ । यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा, ललितपुरका १ जनामा र भक्तपुरका १ जनामा संक्रणम पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार १ सय ७१ , ललितपुरमा १ सय ७९ र भक्तपुरमा १ सय ५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ४ सय ५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्