Saturday, December 5

निको हुने संक्रमितको दर घट्दो, पछिल्लो २४ घण्टामा ६४ संक्रमित घर फर्किए

August 12, 2020 117

काठमाडौं, २८ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ । त्यस्तै, हालसम्म १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ७ हजार ६ सय १३ जना छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्