Wednesday, December 2

कार्यालय प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट महिला धरौटीमा रिहा

August 12, 2020 115

विराटनगर, २८ साउन । विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरू १६ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रमुख सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी भट्टराई र मेनुका कोइराला जनही ८/ ८ हजार धरौटिमा मंगलबार छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोष हरी निरौलाको इजालशले पक्राउ परेका महिला कर्मचारीहरूलाई धरौटिमा छोडन आदेश दिएको सहायाक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धुव्र बहादुर खड्काले जानकारी दिनुभयो । प्रशासनले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम बुझाए उनीहरू छुटेका छन् ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका उनिहरलाई पहिलो पटक जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि मोरङ प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

प्रहरीले पहिलो पटक थप गरेको अनुसन्धान पूरा नभएपछि गत बिहीबार दोस्रो पटक पुनः पाँच दिनको म्याथ गरि अनुसन्धान गरेको थियो ।

धरोटीमा छुटेका महिला कर्मचारीले भने सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउने गरेको र प्रमुख सञ्जेलले अमानविय व्यावहार देखाउने र आफुहरु माथि आइलाग्दा कुटपिट भएको बताउने गरेका छन् ।

उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा सामान्य चोट समेत लागेको थियो ।

प्रतिकृया दिनुहोस्