Sunday, December 6

दुई दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत अवस्थामा फेला

August 12, 2020 115

काठमाडौं, २८ साउन । लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका बलराम बानियाँको मृत्यु भएको छ । दुई दिनदेखि परिवार र कार्यालयसँग पनि सम्पर्कमा नरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरको सिस्नेरी माण्डो जलविद्युत परियोजना क्षेत्रमा आज फेला परेको छ ।

सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसरमा निवेदन दिएका थिए । पत्रकार बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।

उनी सोमबार अपरान्ह चार बजे राजधानीको बल्खुचोकमा देखापरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ समेत गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीको भनाइ छ । पत्रकार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेको समेत बताइएको छ तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको उनको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ । तनहुँ घर भएका बानियाँ लभगग ३ दशकदेखि क्रियाशील पत्रकारितामा समर्पित थिए ।

प्रतिकृया दिनुहोस्