Tuesday, December 1

अबैध भित्रिन लागेको साढे २४ लाख भारु सशस्त्र प्रहरीद्वारा बरामद

August 12, 2020 128

कपिलवस्तु, २८ साउन । शसस्त्र प्रहरी बलले कपिलवस्तुको कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राइएको साढे २४ लाख भारतीय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पूर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।

शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधि रहेको भन्दै गस्तीमा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए । तर शसस्त्रको टोलीले शंका लागेपछि झोलामा हेर्न थालेपछि ती व्यक्ति रकमको झोला छोडेर भारततर्फ भागेको शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिनुभयो ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी ९नेपाली रु ३९ लाख २० हजार० रहेको शाहीले बताउनु भयो । बरामद रकम आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्