Wednesday, December 2

कोरोना संक्रमणबाट होटल व्यवसायी तथा पूर्व मेयर गिरीको मृत्यु

August 12, 2020 269

जनकपुर, २८ साउन । जनकपुरका चर्चित होटल व्यवसायी तथा पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तत्कालीन जनकपुरधामका मेयर समेत रहेका गिरी जनकपुरधाम स्थित होटेल रामाका संचालक हुन् ।

गिरीको काठमाडाैं स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको संचारकर्मीलाई जानकारी दिए ।

२० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।

काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नेपाली कांग्रेशमा समेत आबद्ध गिरी २०४२ सालमा जनकपुर नगरको मेयर समेत बनेका थिए ।

गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् । उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो ।

प्रतिकृया दिनुहोस्