Saturday, November 28

कपिलवस्तुका २ संक्रमितकाे काेराेना बिशेष अस्पताल बुटवलमा मृत्यु

August 12, 2020 93

कपिलवस्तु, २८ साउन । कपिलवस्तुका २ कोरोना संक्रमितको सोमवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहावका एक र कृष्णनगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थय कार्यालय श्रोतले जनाएको छ ।

लक्षण सहितका बिरामी दुबै जना बिगत ५ दिन देखि बुटवल स्थित कोरोना बिशेष अस्पतालम उपचार गराईरहेका थिए । मृत्यु हुनेमा ४२ बर्षिय कपिलवस्तु नगरपालिकाका-२ जमुहरा टोला राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका-१० का २५ बर्षिय प्रदीप तेली रहेको श्रोतले जनाएको छ ।

जमुहारका मृतक गुप्ता कारोना संक्रमित पुष्टी भएपनि कृष्णनगरका तेलीको भने स्वाब बुटवल पठाइएको तर अझै रिपोर्ट आई नसकेको श्रोतले जनाएको छ । यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यपारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले कपिलसतुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आएपछि अझै बिस्तृत बिवरण नआएको बताउनुभयाे । प्रजिअ दीर्घनारायण पौडेलले तौलिहवाको जमुहार टोलका कारोना संक्रमितको मृत्यु भएको बताउनुभयो । कृष्णगनरका मृत्यु भएका गुप्ताको स्वाबको रिपाटै भने अझै नआएको बताउनुभयाे । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्