Monday, June 14

कोरोना परिक्षणका लागि पठाइएको १४४ जनाको स्वाब प्रयोगशालाबाटै हरायो !

August 12, 2020 335

बैतडी, २८ साउन । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पाेट महिनाै दिनसम्म पनि आएको छैन । जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९/९ र शिवनाथ गाउपालिकाका ७ गरी १ सय ४४ जनाको स्वाब प्रयोगशालाबाटै हराएको हो ।

उनिहरु सबै घर गइसकेका छन् । जेठ अन्तिम साता पठाएकाहरुको रीर्पाेट अझैसम्म नआएका कारण उनिहरुलाई सम्बन्धित पालिकाहरुले नै क्वारेन्टाइनको समयाअवधि पश्चात घर पठाइएको पहिले बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती भुवन जोसीले जानकारी दिनुभयो

‘करिब जेठ अन्तिम सातादेखिका स्वाबहरुको रिर्पाेट आएको छैन्, आज भोली पठाएको स्वाबको रिर्पाेट तेश्रो दिन आइरहेको छ ।’ उहाले भन्नुभयो, ‘जस्को स्वाबको रिर्पाेट आजसम्म आएको छैन उनीहरू सबैलाई स्थानीय तहहरुले क्वारेन्टाइनको अवधि पुरा गरी घर पठाइसकेका छन् ।’

यस्तै जिल्लाको शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र पुर्चाेडी नगरपालिकाका क्वारेन्टाइनहरु पुर्ण रुपमा खाली भइसकेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती जोसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्