Saturday, November 28

विराटनगरमा ४ वर्षका २ बालबालिकासहित ५० जनामा कोरोना पुष्टि

August 11, 2020 92

विराटनगर, २७ साउन । विराटनगरमा चार वर्षका २ बालबालिकासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगर वडा नं. १७ र ८ का दुई जना बालबालिकामा समेत कोरोना पुष्टि भएको हो ।

विराटनगर १७ का ४ वर्षीय संक्रमित बालकको बुबालाई केही दिन अगाडि कोरोना पुष्टि भएको थियो । उनी विराटनगर ९ स्थित गुद्रीमा तरकारी व्यापार गर्थे । तर, उक्त बालककी आमाको रिपोर्ट भने नेगेटिभ आएको १७ नम्बर वडाअध्यक्ष समीर कमरले बताए ।

बुबालाई कोरोना संक्रमण भएपछि परिवारको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै, विराटनगर ६ की एक चार बर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ ।
विराटनगर १७ मा मंगलबार एकै परिवारका ६ जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ । यसअघि विराटनगर ९ का एकै परिवारका ११ जनामा कोरोना पुष्टि भएको थियो, भने मंगलबार एकै परिवारका ६ जनामा संक्रमित भेटिएपछि स्थानीयहरुमा त्रास पैदा भएको छ ।

संक्रकितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेपनि परीक्षणको रिपोर्ट ढिलो आएका कारण समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आइएको छ ।

दैनिक दुईहजार बढीको स्वाब संकलन हुने तर, १५ सयको मात्र परक्षिण हुने भएकाले प्रदेश १ मा रहेका ल्यावबाट रिपोर्ट ढिलो आउने गरेको छ ।

प्रतिकृया दिनुहोस्