Tuesday, December 1

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी १ सय ३४ संक्रमणको पुष्टि

August 11, 2020 125

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३४ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र १ सय १० संक्रमित थपिएका छन् भने ललितपुर १६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ३ सय १८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २८ जनामा, ललितपुरका १ जनामा र भक्तपुरका ४ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २० जनामा र भक्तपुरको २ जनामा संक्रमण देखिएको छ भने स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका ५ जनामा संक्रमणसंक्रमण देखिएको छ । यसैगरी वीर अस्पतालमा काठमाडौंका ३ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल कोरिया मैत्री अस्पतालमा गरिएकोे परीक्षणमा भक्तपुरका १ जनामा र बीरेन्द्र सैनिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा पुष्टि भएको छ ।

यस्तै बीर अस्पतालमा काठमाडौंका ३ जनामा र काठमाडौं मेडिकल कलेजमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भेरि अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार ६२ , ललितपुरमा १ सय ५९ र भक्तपुरमा ९७ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ३ सय १८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्