Wednesday, November 25

घटनाको त्यो दिन यस्तो भएको रहेछ (भिडियोसहित)

August 11, 2020 380

स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको श-व सुटकेसमा हा’लेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको ज्यान लिएको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टा’उकोविनाको श’व र सुटकेस भेटिएको स्थानभन्दा केही पर टा’उको र खु’ट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंँ र महानगरीय अ’पराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा घटनामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो ।

घटनास्थलबाट प्रयोग भएका ह-तियार, ह’थौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लि’पिङ ट्या’ब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ । बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेको, बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भो’ड्का खान दिएकामा दहीमा निद्राको पाँच औ’षधिसमेत मि’साइदिएको तथा ती खानेकुरा खाएपछि बोहरालाई ल’ठ्ठिएर सुतेका बेला यस्तो कार्य गरेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत चिनजान भएर साथी बनेका उनीहरुबीचको सम्बन्ध झाँगिदै गएपछि दुवैजना घनिष्ठ बने। बोहोरा गोंगबुस्थित एक होटलमा ८ महिनादेखि बस्दै आएका थिए। अर्कातिर कल्पना मुडभरी पौडेल टोखा नगरपालिका-१० नवज्योति मार्गमा बस्दै आएकी थिइन्। फरक जिल्लाका उनीहरुलाई फेसबुकले नै नजिक्यायो। फेसबुकबाट झाँगिएको सम्बन्ध बाक्लिँदै गएपछि दुवैजना एक अर्का बसेको ठाउँमा आउन जान थाले। उनीहरुको बसोवाससमेत एकअर्काको कोठामा हुन थाल्यो। गोगंबुमा सुटकेसभित्र शव फेला महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार यसरी नजिकिएका उनीहरुबीच फेसबुककै कारण झ’गडा चर्किएर एकजनाले ज्यानै गुमाउनु परेको छ।

प्रहरीलाई दिएको बयानमा उनले आफूसँगका अ’न्तरंग फोटो सार्वजनिक गरिदिन खोजेपछि ह त्या नै गर्नुपरेको बयान पनि दिएकी छन्। सोमबार चितवनबाट पक्राउ परेकी कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दु:ख दिन थालेपछि ह त्यासम्म गर्नुपरेको बयान दिएकी थापाले बताए। उनका अनुसार नक्कली आइडी खोलेर बदनाम गर्न खोजेको तथा आफू अनुकुल चल्न दबाब दिन थालेपछि उनको ह त्या गर्नुपरेको साविती बयान कल्पनाले दिएकी छन्। घटना भएको दिन गत आइतवार बिहानै बोहोरा आफु बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाको टोखास्थित कोठामा पुगेका थिए।

महिला र मृ’त’कबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृ’त’कबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ न सम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृ’तक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले य’स्तो योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र त’स्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’

कृष्णबहादुर विभिन्न देशमा रोजगारी गरेर फर्किएका थिए। कामको खोजीमा उनी टर्की, अफगानिस्तान र भारत पुगेका थिए। कृष्णबहादुरका दुई वटी श्रीमती थिए। तर, दुवैजनासँग सम्बन्ध बिग्रिएको थियो। उनकी जेठी श्रीमती दाङमा र कान्छी श्रीमती भारतमा बस्छिन् छोराछोरीसहित।
अर्कोतिर कल्पनाको पनि श्रीमानसँग सम्बन्ध राम्रो थिएन। उनका श्रीमान् विदेशमा छन्। कल्पना र कृष्णबहादुरको चार वर्षपहिले फेसबुक मार्फत चिनजान भएको थियो। र, त्यो चिनजान प्रेम सम्बन्धमै पुग्यो।

एक वर्ष पहिले कल्पनाले जेठी छोरीको विवाह गरिन्। छोरीको विवाहमा पनि उनका श्रीमान आएनन्। खर्च पनि नपठाएको कल्पनाको बयान छ। छोरीको विवाहका लागि कल्पनाले घरबेटीसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले त्यो ऋण अहिलेसम्म तिरेकी छैनन्। एक वर्षदेखि घरभाडा समेत दिएकी छैनन्।कल्पना पहिले टेलिशृंखला सरी ल र हर्के हवल्दारमा अभिनय गर्थिन्। पछिल्लो समय उनले अभिनय पनि छाडेकी थिइन्। केही समययता आफूले डिप्रेसनको दबाइ खानेगरेको बयान उनले दिएकी छन्।

बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्