Saturday, December 5

रूसमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिन तयार भएको रूसी राष्ट्रपति पुटिनको दाबी

August 11, 2020 138

एजेन्सी, २७ साउन । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप तयार गरिसकेको दाबी गरेका छन् ।

पुटिनले मंगलबार सरकारी मन्त्रीहरूलाई सम्बोधन गर्दै भने, आज बिहान कोरोना भाइरसबिरूद्धको पहिलो खोप दर्ता भएको छ। उनले अगाडि थपे, यो खोप दुई महिनासम्म मानवमा परीक्षण गरिएको थियो र यसले सबै सुरक्षा मापदण्डहरू पूरा गरेको छ।

उक्त खोप रुसको स्वास्थ्य मन्त्रालयले पनि अनुमोदन गरिसकेको जनाइएको छ। यद्यपि रुसले जुन तरिकाले कोरोना भ्याक्सिन प्राप्ता गर्ने दावी गरिएको छ । जुन देखेर वैज्ञानिक जगतमा चिन्त पनि व्यक्त गरिएको छ ।

रसियाका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा माकोको गमलेया संस्थानमा विकसित उक्त कोराना भाइरसको खोप पूर्णतया सुरक्षित रहेको घोषणा गरेका छन् । यो खोप उनकी छोरीलाई पनि दिइएको जनाइएको छ।

पुटिनले फेरि पनि खोप धेरै प्रभावकारी भएको बताउदै सबै सुरक्षा मापदण्डहरु पूरा गरेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्