Friday, November 27

गरूडा नगरपालिकामा दुई स्वास्थ्यकर्मी सहित ११ जनामा संक्रमण पुष्टि

August 11, 2020 100

रौतहट, २७ साउन । रौतहटमा समुदायमा कोरोना संक्रमण देखिने क्रममा बढिरहेको छ । मंगलबार रौतहटको मध्यभागमा रहेको गरूडा नगरपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा २ जना स्वास्थ्यकर्मी सहित ११ जनामा संक्रमण पुष्टि भएको गरूडा नगरपालिकाका जनस्वास्थ्य अधिकृत आनन्द जयसवालले जानकारी दिनुभयो ।

संक्रमित स्वास्थ्यकर्मीहरूमा गरूडा नगरपालिकामा कार्यरत एकजना अहेव र जनस्वास्थ्य निरिक्षक रहेको उहाँले बताउनुभयो । संक्रमितहरूको अवस्था हाल सामान्य रहेको र उहाँहरूलाई आइसोलेसनमा राखेर कन्ट्याक्ट् ट्रेसिङ्गको तयारी भइरहेको जयसवालले बताउनुभयो । यता सोमबार कटहरिया नगरपालिकाका नगर उपप्रमुखको श्रीमान सहित ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा समुदाय स्तरमा परिक्षण गर्ने क्रम बढेसँगै संक्रमितहरूको संख्या पनि बढिरहेको छ । यहाँका स्थानीयले हरेक स्थानीय तहमा कम्तीमा पनि एक घर , एक पिसिआरझ को माग गर्दै आइरहेका छन् । केही महिना अगाडिनै प्रदेश सरकारको पहलमा रौतहटमै पिसिआर मेसिन राखेर परिक्षण गरिने भएपनि सो काम अगाडि नबढेकोमा स्थानीय आक्रोशित भएका छन् ।

प्रतिकृया दिनुहोस्