Saturday, December 5

कृष्णाष्टमीको दिन भगवान शंकरको मूर्ति चोरी, पूजारी र केही स्थानीय प्रहरी नियन्त्रणमा

August 11, 2020 110

नेपालगञ्ज, २७ साउन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगञ्जमा गत असार ७ गते भेटिएको चाँदी जस्तो टल्किने मूर्ति हराएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मूर्ति भेटिएको थियो । सो मूर्ति मंगलवार गायब भएको हो ।

मुर्ति चोरी गर्ने बाटो नभएको हुनाले रहस्यमय बनेको स्थानीयले बताएका छन् । राति १ बजेसम्म मुर्ति मन्दिरमै रहेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हर्क बहादुर गुरूङले बताउनुभयो ।

अनुसन्धानका लागि पूजारी र केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानीय ४ जना बालकले खेल्ने क्रममा उक्त मूर्ति फेला पारेका थिए । सुरुमा टल्किएको केही बस्तु जस्तो देखिएपछि कोट्याएर हेर्दा मूर्ति भेटिएको स्थानीय १० बर्षीय बालक सुमित नागले बताएका थिए ।

मूर्ति देखिएपछि ४ जनाले पनि निकाल्न नसकेपछि स्थानीयवासीलाई खवर गरेपछि भेला भएका सबै मिलेर मूर्ति निकालिएको थियो ।
शंकर भगवानको उक्त मूर्ति ७ किलो भन्दा बढीको रहेको छ ।

प्रतिकृया दिनुहोस्