Tuesday, December 1

गोंगबु घटना : फेसबुकमा नांगाे फोटो सार्वजनिक गरेपछि हत्या गरेकाे महिलाकाे बयान

August 11, 2020 871

काठमाडौं, २७ साउन । केही दिनअघि सुटकेशमा शव फेला परेका पुरूषकाे हत्यामा पक्राउ परेकी कल्पना मुडभरीले अभियाेग स्वीकार गरेकी छन् । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाकाे अन्तरंग सम्बन्ध रहेकाे र पछि बाेहराले नक्कली फेसबुक आईडी बनाएर महिलाकाे नांगाे फाेटाे सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे उनले स्वीकार गरेकी छन् ।

प्रहरीसँगकाे बयानका क्रममा ३७ वर्षीया मुडभरीले अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको बताएकी छन् ।

प्रहरीका अनुसार मुडभरीले बाेहराकाे अण्डकाेषमा हिर्काएर हत्या गरेकाे र सुटकेशभित्र राख्न शवलाइ टुक्रा टुक्रा पारेकाे बताएकी हुन् । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् र अाफू भने एम्बुलेन्समा भागेर चितवन पुगेकी थिइन् ।

यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । हत्यामा संलग्न मुडभरी र उनकी छाेरीलाइ प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । मुडभरीलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।

प्रतिकृया दिनुहोस्