Tuesday, December 1

गोंगबु घ’टनाको पर्दाफास, प्रहरीको कुकुरले पत्ता लगाइदियो, सबैको होस् ह’वास उडायो(भिडियो)

August 11, 2020 245

काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा र’गतले ल’तपतिएको सुटकेश फेला पारे ।

उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अप’राध अ’नुस’न्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु कहाँ पुग्यो ।

तर, सुटकेशमा श’व भएको कुरामा कुनै द्विविधा थिएन । ‘कुकुरलाई सुँघाएर अ’नु’सन्धान गर्न सजिलो होस् भनेर हामीले सुटकेश खोल्न हतार गरेनौं’, अनु’सन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘सबै टोली पुगेपछि खोल्दा सु’टकेशमा टाउको र खुट्टाविनाको श’व भेटियो ।’

सुटकेशभित्रको श’व अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको भएको चि’कित्सकले अनुमान गरे । तर, टाउको नभेटिइ अ’नुसन्धानलाई अघि बढाउन गाह्रो थियो ।

कुकुरले भेट्यो टाउको र खुट्टा

श’वको अन्य भाग कहाँ गयो त ? यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कु’कुरको सहारा लियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो ।

सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो । ‘झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो’, अ’नुस’न्धानमा संलग्न अधिकृत भन्छन्, ‘टाउको भेटिएसँगै अनु’सन्धान एक चरण अघि बढेको छ, टाउको नभएको भए, सनाखत गर्नै धौधौ पर्थ्यो ।’

दुवै स्थानमा भेटिएको श’वको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घ’टना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, यसबारे विस्तृत विवरण पोष्टमार्टम रि’पोर्टले नै खुलाउनेछ । हाल पोष्टमार्टमका लागि श’वलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।

प्रतिकृया दिनुहोस्