Wednesday, May 19

कुकुरलाई मास्क लगाउँदै यी व्यक्तिले भने :म मरुँला तर यसलाई मर्न दिन्न ! भिडियो बन्यो भाइरल हेर्नुस्

April 17, 2021 89

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हरेक व्यक्तिले मास्क लगाउनुपर्ने मापदण्ड विश्वभर नै लागू छ । यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मास्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मास्क लगाइदिएका छन् ।इन्स्ट्राग्राममा भाइरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् । उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् ।

भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’

प्रतिकृया दिनुहोस्