Saturday, April 17

चितवन मेडिकल कलेजमा ज’न्मियो ५ केजीको बच्चा

August 11, 2020 280

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा ज’न्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चु’रीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च र’क्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी ज’न्माएकी हुन् ।

आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा स’मस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।भरतपुर अस्पतालका स्त्री रो’ग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताउनुभयो । चार किलोभन्दा माथि तौल भएमा आमामा केही स’मस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकारसहितको टोलीले श’ल्यक्रियामार्फत बच्चा नि’कालेको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्