Monday, June 14

भदौ १५ सम्म सार्वजनिक यातयात र बाह्य तथा अन्तरिक हवाई उडानमा रोक लगाउने सरकारको निर्णय

August 10, 2020 235

काठमाडौं, २५ साउन। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

बैठकममा सहभागि एक मन्त्रीका अनुसार कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइननको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस अघि मन्त्रिपरिषद्को बैठकले भदौ १ देखी अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्