Wednesday, May 19

फेरी लकडाउन हुने निश्चित,कहिँले देखि ?

April 13, 2021 193

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको सम्भावना औल्याएका छन् । आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै उनले वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भने,‘कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’ उनले कोरोना भाइरसलाई कुनै मौका न नदिनुपर्ने अवस्थामा पुगेको बताए ।

भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन आग्रह गरे । उनले भने,‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ ।’पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले सचेतना अपनाउन सूचना जारी गरिरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

आयात प्रतिस्थापन गराैं, अनावश्यक सामान नल्याऊँ:प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादन गर्नतिर लाग्नुपर्ने बताएका छन्। आफैंले प्रविध प्रयोग गरी अघि बढ्न उनले आग्रह गरेका छन्।नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले प्रविधि र बचतको उच्चतम प्रयोग गर्दै हाम्रा निम्ति आयात नगरी नहुने कुरा बाहेक अन्य आयात गर्न नहुने बताए। अत्यावश्यक बस्तु मात्र आयात गर्नुपर्नेमा उनले जोड दिए।

अनावश्यक वस्तु आयात गर्न छाड्यो भने व्यापार सन्तुलन भइहाल्ने उनले दाबी गरे। ‘हामीले निर्यातमूलक वस्तु उत्पादनमा लाग्याैं भने व्यापार घाटामा कमी आउँछ, यसले हाम्रो मुद्दामा सकारात्मक प्रभाव पार्छ,’ उनले बताए।रोजगारी र उत्पादन र बढीभन्दा बढी आयात प्रतिस्थापन गर्न पनि उनले जोड दिए। ‘हामी हाम्रो देश बनाउन हामीसँग आत्मविश्वास चाहिन्छ,’ उनले भने, ‘कोरोनाले अन्य ठाउँजस्तो हाम्रो देशमा संकट भएन, विश्वकै संकटको रूपमा यो महामारी आयो, हामीले नियन्त्रण गर्न सक्याैं।’

त्यसैले उपभोग्य वस्तुको आपूर्ति ल्याउनपर्ने हुँदा पनि आयात गर्दा संकटका बेला नचाहिएका कुरा नल्याउन उनले आग्रह पनि गरे। जनजीवन ठप्प नपार्न भन्दै कोभिड १९ संक्रमणका बेला सजग हुनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस्