Wednesday, May 19

एक वर्ष अघि तालमा खसेको त्यो फोन, यसकारण विश्वभरी भाइरल हुँदै

April 13, 2021 140

एजेन्सी । कुनै सामान कति ओरिजिनल हुन्छ की त्यसको विश्वासनियता चमत्कारीक हुन्छ । ताइवानमा एक वर्ष अघि तालमा खसेको एउटा स्मार्ट मोवाइल फेला पर्यो । अचम्म के भयो भने त्यो फोन राम्रैसंग काम गर्यो । अहिले यो घटना विश्वभर भाइरल भएको छ । ताइवानको तालमा खसेको एउटा स्मार्टफोन एक वर्षपछि भेटिएको छ। ५६ वर्षकै सबैभन्दा खराब खडेरीको अनुभव गरिरहेको ताइवानमा यतिबेला तालहरुको पानी सुक्न थालेको छ।

सोही क्रममा गतहप्ता चेन थरका एक व्यक्तिको गतवर्ष पानीमा डुबेर हराएको स्मार्टफोन पानी सुकेपछि भेटिएको हो। बीबीसीका अनुसार वाटरप्रुफ केसमा राखिएको आइफोन ११ प्रो भेटिएको हो। यसरी एक वर्षपछि हराएको फोन भेटिँदा र त्यसले अहिले पनि काम गर्दा चेन ज्याँदै खुशी छन्। यो अचम्मको घटना अहिले विश्वभर भाइरल भएको छ । वाटर प्रुप चेनका कारण उनको फोन एक वर्ष सम्म पनि तालमा सुरक्षित बसेको थियो ।

ताइवानको सन मून तालमा एक वर्ष अगाडि हराएको उनको आइफोन फेला परेको हो । तालमा डुंगा शयर गर्ने बेलामा गत वर्ष उक्त फोन गोजीबाट तालमा खसेर हराएको थियो । पानीमा खसेको फोन भेटिने र भेटिए पनि त्यो चल्ने कुनै आशा थिएन उनलाई । तर चमत्कार भयो । हालै एकदिन अकस्मात् उनलाई उनको आइफोन भेटिएको भनेर कसैले फोन गर्‍यो । वास्तवमा खडेरीले सुकेको ताल सफा गर्ने कामदारले उक्त आइफोन फेला पारेर उनलाई फोन गरेका थिए । उनको फोन पूरै हिलोले छोपिएको थियो ।

कल्पनै नगरेको उक्त घटना भएसँगै चेनले आफ्नो फोन हराउँदादेखि फेला पर्दासम्मको क्षणका तस्वीर र विवरणहरु फेसबुकमा सेयर गरेका छन्, जुन पोस्ट भाइरल बनेका छन् । उनको फेसबुक पोस्टमा धेरै मानिसहरुले तालमा खसेको आइफोन एक वर्षपछि भेटिनु, अझ त्यो पनि चालु हालतमा १ भनेर आश्चर्य प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्