Wednesday, December 2

कृषि सामाग्री कम्पनीका कर्मचारी, प्रहरी तथा अस्पताल क्वाटरका कर्मचारी सहित थप ५५ जनामा कोरोना पुष्टि

August 10, 2020 137

वीरगन्ज (पर्सा), २६ साउन । कृषि सामाग्री कम्पनी लि. वीरगन्जका कर्मचारी, नेपाल प्रहरी, थुनुवा तथा नारायणी अस्पतालका कर्मचारी सहित वीरगन्जमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको सोमबार राति आएको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालय वृतका प्रहरी कर्मचारी ५ जना, त्यहाँ रहेको थुनुवा ३ जना, कृषि सामाग्री कम्पनीका कर्मचारी १ जना, नारायणी अस्पतालको क्वाटरमा बस्ने कर्मचारी तथा तिनीहरुको बालबालिका ४ जना सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमा १७ जना महिला तथा ३८ जना पुरुष रहेका छन् भने तिनीहरु ५ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमध्ये नारायणी अस्पतालका क्वाटरमा बस्ने कर्मचारीका ५ वर्षीय बालिका पनि रहेका छन् ।

यसैगरि अन्य संक्रमितहरु वीरगन्ज महानगरपालिका वडा नं। १, ४, ६, ७, १०, १२, १३, १५, १६ का रहेका छन् भने पर्सा जिल्लाको अन्य स्थानीय निकाय धोबिनी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारी १ जना रहेका छन् । पर्सा जिल्लामा हालसम्म ३० जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । यसरी नै आजैको रिपोर्ट अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका इटियाही तथा नकटुवाका पनि ३ जना पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्