Friday, November 27

मुगु पुगेर निःशुल्क उपचार गर्दै डा.केसी

August 10, 2020 105

मुगु, २६ साउन । डा. गोविन्द केसी स्वास्थ्य उपचार सेवा दिनको लागि हिमाली जिल्ला मुगुमा पुग्नुभएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाले उपचारमा रोक लगाएपछि डा. केसी बिहीबार मुगुको जिल्ला अस्पताल ठिनी पुगी बिरामीको निःशुल्क स्वास्थ्य जाँच राख्नुभएको छ ।

डा.केसी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुग्नुभएको हो । केसीले विशेष गरी हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिइरहनुभएको छ । केसी सँग स्वास्थ्य जाँच गर्नका लागि मुगु जिल्लाका विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् ।

डा. केसिले सुदुरपश्चिमका डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, कर्णालीका कालिकोट, हुम्ला, जुम्ला हुँदै मुगु पुगि स्वास्थ्यउचपार दिनुभएको छ । जिल्लामा नै केसीको हातबाट निशुल्क उपचार सुविधा लिन पाउँदा स्थानीय खुसी भएका छन ।

डा. केसीद्वारा मुगुका २ गरिबको हात र खुट्टाको निशुल्क अप्रेशन

कोरोनाका कहरका कारण दुखी, गरीब र असहायहरुलाई सहयोग गर्न मुगु गएका डाक्टर गोविन्द केसीले शनिबार दुईजनाको हात र खुट्टाको शल्यक्रिया गर्नुभएको छ । डा. केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामको निशुल्क शल्यक्रिया गर्नुभएको हो । उनको करिब ३ वर्ष अघि गाउँमा गाई बाख्रा चराउन गएका बेला लडेर भाँचिएको हात गरिबीका कारण उपचार हुन नसकेको परिवारले जनाएको छ ।

त्यस्तै, छायाँनाथ नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसीले निशुल्क रुपमा शल्यक्रया गर्नुभएको छ ।

जुम्लाबाट करिब २ दिन पैदल नै मुगु आउनुभएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण सहित दुई जनाको शल्यक्रिया गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्