Sunday, December 6

काठमाडौँमा रोकिएनन् कोरोना संक्रमित थपिने क्रम, आज फेरी ४४ बिरामी फेला

August 10, 2020 206

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दर बढ्दै गइरहेका बेला राजधानी काठमाडौँ सबैभन्दा बढी प्रभाबित क्षेत्र बनेको छ । काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि बुधबार उपत्यकामा ९२ संक्रमित थपिएका थिए ।

यसैबिच आज दशेभर ३३८ जना कोरोना संक्रमित थपिँदा देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार ८ हजार ४३२ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । देशभकार कुल संक्रमितमध्ये १६ हजार ४९३ जना घर फर्किएपछि अब अस्पतालमा तथा चिकित्सकको निगरानीमा
६ हजार ७३८ जना कोरोनाका बिरामी उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्