Saturday, November 28

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय सिल

August 10, 2020 158

काठमाडौँ, २६ साउन । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि एभरेस्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो ।

बैंकमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो । यद्यपि बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।

‘सिल भएको अवधिभर बाँकी कर्मचारीको कोरोना परीक्षण गरिने छ । कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिने बैंकले जनाएको छ ।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्