Saturday, November 28

एक क्यासेट पसलेमा संक्रमण पाइएपछि काठमाडौंको कुलेश्वर क्षेत्रका पसलहरु बन्द गरिए

August 10, 2020 250

काठमाडौं, २६ साउन । काठमाडौंको कुलेश्वर क्षेत्रका पसलहरु बन्द गरिएको छ । कुलेश्वर क्षेत्रमा क्यासेट पसल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रका पसलहरु बन्द गरिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती क्यासेट पसलेले टेकु अस्पतालमा परीक्षण गराएका थिए । पीसीआर परीक्षणमा ती पसलेमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएपछि उनलाई कीर्तिपुरस्थित स्थित अस्पतालको एम्बुलेन्सले उपचारका लागि लिएर गएको थियो । तत्काल प्रहरी र वडाका स्थानीय प्रतिनिधिको उपस्थितिमा कुलेश्वर क्षेत्रका पसलहरु बन्द गरिएको थियो ।

कोरोना पुष्टि भएपछि कुलेश्वरको फलामे पुलदेखि गणेश मन्दिरको क्षेत्रका पसल बन्द गरिएको छ । प्रहरीले माइकिङ गर्दै क्यासेट पसलेको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्न आग्रह गर्दै माइकिङ समेत गरेको थियो ।

हाललाई सिल जस्तै गरेर पसलहरु बन्द गरिएको हो , सिल नै भने भइनसकेको वडाका एक पदाधिकारीले न्यूज २४ लाई बताए । अब सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पछि आउने परिणामबाट के गर्ने भन्ने बारेमा निर्णय गरिने पनि ती सदस्यको भनाइ थियो । पसलेको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य अघि बढाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्