Saturday, June 19

२४ बर्षिय छोरो धन कमाउन कोरिया गएको तर बाकसमा फर्कियो, रुदा रुदै बेहोस भईन बहिनी (भिडियो)

April 10, 2021 121

दक्षिण कोरिया – इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए । तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृ त घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए । घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी हुन् ।

प्रदेशमा प्राय नेपाली मान्छेहरुकाे ज्यान गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घटनाहरु प्रत्येकदिन जसोनै घटिनैरहन्छन् । सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाक समा फर्कियो । यो घटना यसरी पनि अति द र्द नाक भयो कि गगन बितिसकेपछि उनको शव नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो। त्यहि ठूलो रकम जुटाउन आफन्त स्टमित्रले सबैसग चन्दा संकलन गर्दै यसरी शव नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।

प्रतिकृया दिनुहोस्