Thursday, December 3

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी पनि कोरोना संक्रमित

August 10, 2020 129

एजेन्सी, २६ साउन । भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढीरहेको छ। त्यहाँका गृह मन्त्रीदेखि पूर्व राष्ट्रपतिहर कोरोना संक्रमणको सिकार बनेका छन् ।

भर्खरै पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ। उनले आफूमा कोरोना पोजेटिभ भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, गत हप्तामा मसँग सम्पर्कमा आएका मानिसहरूलाई अनुरोध गर्दछु, कृपया आफूलाई अलग्गै राख्नुहोस् ।

यस अघि गृहमन्त्री अमित शाहमा पनि कोरोना संक्रमण फेला परेको थियो । भारतमा प्रत्येक दिन ५५ हजार भन्दा बढी कोरोना संक्रमितहरुको पुष्टि भएको छ ।भारतमा अहिले लगभग लकडाउन खतम भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय ६४ कोरोना संक्रमितको पुष्टि भएको छ, भने एक हजार ७ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म २२ लाख १५ हजार ७४ जाना संक्रमित पुगेको बीबीसीमा उल्लेख छ । त्यस्तै त्यहाँ कोरोनाबाट ज्यान जानेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ।

प्रतिकृया दिनुहोस्