Wednesday, November 25

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो : डब्लुएचओ

August 10, 2020 108

काठमाडौं, २६ साउन । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को पछिल्लो तथ्यांक अनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका हुन् ।

त्यस्तै, संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्य ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्