Tuesday, December 1

आज पनि घट्यो सुनको मुल्य

August 10, 2020 834

काठमाडौ साउन २६ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कोरोबार भएकोमहासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्