Thursday, December 3

२८ सयको तकिया खोल र ८ हजारको तन्ना भएकाे क्वारेन्टिनकाे अवस्था विजोग

August 10, 2020 124

लहान, २६ साउन । सिरहा नगरपालिकाले ब्रझ मावि माड्र र शूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पस सिरहामा क्वारेन्टिन संचालन गरेको थियो । भारतबाट घर फर्किनेहरुलाई सीमामै रहेको ब्रझ माविमा क्वारेन्टिनमा केहि दिन हेल्ड गरेर क्याम्पस क्वारेन्टिनमा राख्ने गरिएको थियो ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवकाअनुसार यस यी दुई क्वारेन्टिनमा अहिलेसम्म करिब २३ सय जना बसेको तथ्यांक छ । जसमध्ये पिसिआर परीक्षणबाट पोजेटिभ आइसोलेसन अस्पताल गए नेगेटिभ रिपोर्ट आउने घर फर्किसकेका छन । अहिले ७४ जना क्वारेन्टिनमा छन् ।

क्वारेन्टिनमा ओछ्यानदेखि खानपानसम्मको विजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा कोरोना क्वारेन्टिनबाटै धेरैमा फैलियो । तर, नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ । क्वारेन्टिनमा बस्नेहरुलाई महँगा तन्ना, तकिया, डस्ना र तकियाका खोल बन्दोबस्त गरेको जनगरपालिकाले सार्वजनिक गरेको सामान खरिदको विवरणबाट प्रष्ट हुन्छ ।

नगरपालिकाले तीन लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ । नगरपालिकाको विवरणअनुसार एउटा तकिया खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्